कान्ति बाल अस्पतालको एक वर्ष : २ लाख भन्दा बढी बिरामीको उपचार

कान्ति बाल अस्पतालबाट एक वर्षमा २ लाख भन्दा बढी बिरामीले सेवा लिएका छन् ।
सोमबार अस्पतालको ६३ औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०र०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको तथ्यांक सुनाउनुभयो । जसमध्ये ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिनेहरु रहेका छन् ।
९ हजार ६ सय ८५ जना बिरामीको भर्ना भएर उपचार गरिएको छ । एक वर्षमा ९८२ जनाको मेजर शल्यक्रियासहित ३ हजार २७६ जनालाई शल्यक्रिया भएको छ । ।
यसैगरी ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।
यसैबीच बार्षिकत्सोवको अवसरमा अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति अस्पतालले दिने गुणस्तरीय सेवाका कारण अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।
तपाईँको अभिमत