कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुगुमा सुरु गर्यो विशेषज्ञ सेवा
अ +
अ -
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गरेको छ । प्रतिष्ठानले मुगु जिल्लामा विशेषज्ञ सेवाका लागि डा.सिद्धार्थधोज खातीलाई पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिनुभयो ।
अस्पतालको नयाँ भवनबाट विशेषज्ञ सेवा सञ्चालन गरिनेछ । विशेषज्ञ सेवा अभाव हुँदा मुगुवासीलाई उपचारका लागि जुम्ला तथा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।
विशेषज्ञ सेवा सुरु भएपछि त्यस अस्पतालमा एपेन्डिक्स, हाइड्रोसिल, सिजेरियन लगायतका आकस्मिक शल्यक्रिया सेवा उपलव्ध हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत