क्लिनिकल रिसर्चबारे समाचार लेख्दा वैज्ञानिक तथ्य अनिवार्य र महत्वपूर्ण
चिकित्सकीय अनुसन्धान (क्लिनिकल रिसर्च)बारे समाचार लेख्दा वैज्ञानिक तथ्य अनिवार्य र महत्वपूर्ण हुने विज्ञहरुले बताउनु भएको छ।
स्वास्थ्य पत्रकार मञ्च नेपाललले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा धुलिखेलमा आयोजना गरेको क्लिनिकल रिसर्च प्रशिक्षण कार्यक्रममा क्लिनिकल रिसर्चको समाचार लेख्दा पत्रकारहरुले वैज्ञानिक तथ्यलाई ख्याल राख्नपर्ने विज्ञहरुले बताउनुभएको हो।

स्वास्थ्य विषयमा कलम चलाइरहेका पत्रकारहरुलाई चिकित्सकीय अनुसन्धान (क्लिनिकल रिसर्च)का सम्बन्धमा २ दिने प्रशिक्षण दिइएको छ । उक्त कार्यशाला कार्यक्रममा सोलिड नेपालले प्राविधिक सहयोग गरेको थियो।
नेपालमा क्लिनिकल रिसर्च बढी रहेका बेला पत्रकारलाई यसबारे प्रशिक्षण दिइएको हो। क्लिनिकल रिसर्चबारे समाचार लेख्दा वैज्ञानिक तथ्यलाई प्रस्तुत गर्न अनिवार्य र महत्वपूर्ण हुन्छ।
तर, अनुसन्धान प्रतिवेदनले भन्न खाेजेकाे तथ्य बुझ्न नसक्दा समाचार गलत हुने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन्।
कार्यशालाको पहिलो दिन सोमबार उद्घाटन सत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीले नेपालमा स्वास्थ्य विषयमा अध्ययन अनुसन्धान गर्दा जाे सुकैले परिषद्सँग अनुमति लिनपर्ने बताउनुभयाे । राज्यको स्वास्थ्य नीति स्वास्थ्य अनुसन्धानले निर्देशित हुनुपर्नेमा जोड दिनुभयो । जब विज्ञानको विकास हुन्छ, अनुसन्धानको संख्या बढ्छ, जब अनुसन्धानबाट पत्ता लागेका विषयवस्तुका आधारमा राज्यको नीति बन्छ तबमात्र कार्यान्वयनको पक्ष सबल हुने बताउनुभयो ।
अनुसन्धानका आधारमा नीति बन्नपर्ने बताउँदै अनुसन्धानमा लगानी बढाउनपर्ने बताउनुभयो । विकसित देशमा अनुसन्धानले नीति गाइड गर्ने तर नेपालमा नीतिले अनुसन्धानलाई गाइड गरिरहेको अवस्था रहेको बताउनुभयो ।
उहाँले नेपालमा नीतिले अनुसन्धानलाई निर्देशित गर्न खोजेको टिप्पणी गर्दै राज्यले स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) का सहप्राध्यापक डा खेम बहादुर कार्कीले चिकित्सकीय अनुसन्धान र यसले स्वास्थ्य क्षेत्रका लागि दिने योगदानको चर्चा गर्दै सञ्चारमाध्यमले विषयवस्तुको गाम्भीर्यतालाई ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले क्लिनिकल रिसर्चमा वैज्ञानिक तथ्य महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले वैज्ञानिक तथ्यलाई सर्वसाधारणले सजिलै बुझ्नसक्ने गरि सञ्चारमाध्यममा प्रस्तुत गर्नु महत्वपूर्ण रहेकाे बताउनुभयाे । प्राविधिक विषयहरुमा
अनुसन्धानमा सहभागि रहेका स्वयंसेवकहरुको गोपनीयताका विषय, अनुसन्धानको प्रकार तथा तरिकाका विषयमा समेत पत्रकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुको ज्ञानको दायरा बढाउनका लागि कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
स्वास्थ्य विषय प्राविधिक विषय रहेको भन्दै भविस्यमा पनि विभिन्न संस्थासंग सहकार्य गर्दै यस्ता खालका तालीम गोष्ठी र प्रशिक्षणलाई निरन्तरता दिने बताउनुभयो ।
मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारितालाई थप परिस्कृत र विश्वसनीय बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि आवश्यक रहेको बताउनुभयो ।
प्रशिक्षणका क्रममा परिषद्का इथिकल रिभ्यु बोर्डका अध्यक्ष समेत रहेका प्राडा. रमेशकान्त अधिकारीले स्वास्थ्यका विभिन्न विषयहरुमा अनुसन्धान गर्दा अपनाउनपर्ने मापदण्ड, प्रकियाका बारेमा जानकारी दिनुभयाे ।
अनुसन्धानको समाचार बनाउँदा स्रोतको निश्चितता, तथ्यांक सत्य छ कि छैन भन्ने विषयमा ध्यान दिनपर्ने बताउनुभयो । उहाले अनुसन्धान गर्दा सहभागी स्वयम्सेवकलाई सबै सूचना प्रष्टसँग दिनपर्ने बताउनुभयो ।
उहाँले अनुसन्धानको बैद्यता, तरिका र महत्वको बारेमा समेत चर्चा गर्नुभयाे। प्रा.डा. अधिकारीले सञ्चारमाध्यमले अनुसन्धानका विषय उठान गर्दा ध्यान दिनु पर्ने विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

यस्तै आइओएमका सहप्राडा. कार्कीले चिकित्सकीय अनुसन्धानबारे प्रस्तुतीकरण दिएका थिए। उनले कुनै पनि औषधि वा खोपको अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्षलाई समाचार बनाउनुअघि कुन चरणको ट्रायल हो भन्ने कुरा बुझ्न जरुरी रहेको उहाँले बताए ।
परिषदका निमित्त निर्देशक नमिता घिमिरेले ‘विगतमा अध्ययन अनुसन्धानसम्बन्धी मापदण्ड नबन्दा परिषद्ले आफ्नै खालको अनुसन्धान गर्ने र विचार प्रस्तुत गर्ने प्रवृत्ति रहेको र मापदण्ड बनेपछि त्यसैअनुरुप काम हुँदै आएको बताउनुभयो ।
दोस्रो दिन प्रशिक्षण सत्रमा प्राडा. रमेशकान्त अधिकारी, सहप्राडा खेमबहादुर कार्की र स्वास्थ्य पत्रकार प्रवीण ढकालले स्वास्थ्य अनुसन्धानका विषयमा प्रस्तुति गर्नुभयो ।
पत्रकार ढकालले सञ्चार माध्यमले स्वास्थ्य अनुसन्धानका विषय कसरी प्रस्तुत गरिरहेको छ ? गर्नु पर्ने के छ रु भन्ने विषयमा प्रस्तुति राखेका थिए । साथै साथै उहाँले सूचना दिँदा पत्रकारले स्पष्ट बुझ्ने गरि दिनपर्ने बताउनुभयो । कार्यशालामा ४५ जना भन्दा बढी स्वास्थ्य पत्रकारको सहभागिता थियो।
प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारहरुले समसामयिक र प्राविधिक विषयमा प्रशिक्षण दिएकोमा खुशी व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै कार्यक्रमहरु राख्न मञ्चलाई सुझाव दिए ।
हेल्थपाटी
तपाईँको अभिमत