शिशुलाई आमाको दूध पुगे नपुगेको कसरी थाहा पाउने ?

प्रतिकात्मक तस्विर ।
अ +
अ -
शिशुलाई जन्मनेबित्तिकै आमाको दूध खुवाउनु दुवै आमा र शिशुको स्वास्थ्यका लागि राम्रो हुने विज्ञहरूको भनाइ छ । आमाले हरेक २४ घण्टामा १० देखि १२ पटक स्तनपान गराउनुपर्ने बताइन्छ ।
त्यसरी स्तनपान गराउँदा शिशुलाई दूधले पर्याप्त पुगेको छ कि छैन भनेर कसरी थाहा पाउने ? यो प्रश्न कम अनुभवीलाई हुन स्वभाविक हो ।
स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार दूध प्रशस्त खान पुगेको शिशुले एक दिनमा (२४ घण्टामा) कम्तिमा ६ देखि ८ पटकसम्म पिसाब फेर्छ । पिसाबको रङ्ग सफा हुन्छ।
यदि शिशुलाई दूध प्रशस्त खान पुगेको छैन भने २४ घण्टामा ६ पटक भन्दा कम पिसाब फेर्छ र पिसाबको रङ्ग गाढा पहेँलो, बाक्लो, एकदम गन्हाउने हुन्छ ।
तपाईँको अभिमत