बिरामीको चाप अनुसार भौतिक संरचना नहुँदा टेकु अस्पतालको सेवा प्रभावित
४२ वर्षे पुरानो भवनका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बिरामीको चाप बढेको तर सो अनुसार भौतिक पूर्वाधार नभएकाले सेवा प्रवाहमा समस्या देखिएको छ । महालेखा परीक्षकको अन्ठाउन्नौ वार्षिक प्रतिवेदनले उक्त अस्पतालको ११ वटा भवनमध्ये ९ वटा भवन पुरानो रहेको देखाएको छ ।
परीक्षकको प्रतिवेदनका अनुसार प्रत्येक वर्ष बिरामीको चाप बढ्दै गइरहेको तर भौतिक संरचना वर्षौं पुरानो भएकाले अस्पताल सञ्चालनमा समस्या देखिएको छ । बिरामी प्रतीक्षालय साँघुरो हुँदा कक्ष बाहिर बाटोमा उभिनुपरेको, विभिन्न प्रकारका सरुवा रोगका बिरामी एकै स्थानमा रहनु परेको, शौचालय। पार्किङस्थल पर्याप्त नभएकाले अस्पतालको सेवा सञ्चालनमा समस्या देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
प्रत्येक वर्ष सरुवा रोगको बिरामी बढ्दै गएको तथा हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन अस्पतालको क्षमता पर्याप्त नभएकाले तत्कालै गुरुयोजना स्वीकृत गरि अस्पताल पूर्वाधारमा सुधार गर्नपर्ने ठहर प्रतिवेदनमा गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत