आजको मौसम : दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना
अ +
अ -
राति आंशिक बदली रहेको कोशी प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षासँगै हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
त्यस्तै कोशीसँगै वागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत