पुस १३ गतेदेखि ८ जिल्लामा फाइजर खोप अभियान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म ३ वटा प्रदेशका ८ वटा जिल्लामा फाइजर खोप अभियान चलाउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा फाइजर खोपको पहिलो मात्रा लगाइने छ ।
यसैगरी सोही मितिमा सुदूरपश्चिममा डडेल्धुरा र कर्णाली प्रदेशमा सुर्खेत जिल्लामा फाइजर खोप लगाउन सकिनेछ । यी जिल्लामा माघ ४ देखि १३ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन हुनेछ ।
यसैगरी प्रदेश १ को झापा, मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र बागलुङ, लुम्बिनी प्रदेशको रुपन्देही, बाँके, दाङ तथा सुदूरपश्चिमको कैलालीमा भने फाइजर खोपको मिति पछि तय गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत