कोरोना विरुद्धको पहिलो मात्रा खोपले ६ महिनासम्म काम गर्छ नआत्तिनुस्
काठमाडौं । कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका १३ लाखबढी जेष्ठ नागरिकहरु दोस्रो मात्राका लागि पर्खेर बसिरहेका छन् । उहाँहरु फागुन २३ गते पछाडि कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका व्यक्ति हुनुहुन्छ ।
तर उहाँहरुले दोस्रो मात्रा कहिले पाउछन् त्यसको टुंगो छैन । परिवार कल्याण महाशाखा, बालस्वास्थ्य शाखा प्रमुख डा. झलकशर्मा गौतमले पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई नआत्तिकन धैर्य गरेर बस्न अनुरोध गर्नुभयो । स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा उहाँले पहिलो मात्रा खोपले ६ महिनासम्म काम गर्ने विभिन्न अध्ययनहरुले देखाएकाले दोस्रो मात्रा लगाउन ढिलो भयो भनी नआत्तिन आग्रह गर्नुभएको हो ।
उहाँले कोभिशिल्ड खोप नभएकाले समयमानै दोस्रो मात्रा दिन नसकेको स्पष्ट पार्नुभयो । उहाँले कोभ्याक्स सुविधाबाट पनि कहिले खोप आउने टुंगो नलागेको बताउनुभयो । भारतले यो वर्षका अन्त्यसम्म खोप अन्य देशलाई नदिने बताएपछि कोभ्यक्सले अर्काे विकल्प रोज्न सुझाव दिएअनुसार नेपालले त्यसको विकल्पमा एस्ट्रेजेनेकाको खोप दिने निर्णय गरिसकेको छ । त्यही अनुसार कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई उक्त खोप नै दिने तय भइसकेको छ ।
अहिलेसम्म नेपालमा ४२ हजार ४८० डोज कोरोना विरुद्धको खोप प्राप्त भएको छ । जसमध्ये २४ लाखभन्दा बढीले पहिलो र ७ लाखभन्दा बढीले दोस्रो मात्रा लगाइसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत