काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनालाई कोरोना पुष्टि भएको छ ।
आज देशभर १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ ।
जसमध्ये ५१ हजार ८६६ जना उपचारपछि निको भएका छन् । २४ घण्टामा १ हजार ४५५ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार २९९ रहेको छ । २४ घण्टामा १२ हजार २६२ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत