चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा.गिरीमाथि आक्रमणको प्रयास
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीमाथि भौतिक आक्रमणको प्रयास भएको छ । आयोगका सदस्य-सचिव डा.भोजराज शर्मा काफ्लेले विज्ञप्ति निकालेर उक्त कुराको जानकारी दिनुभएको छ ।
नियमित कार्यसम्पादनको लागि निवासबाट कार्यालय तर्फ जाँदै गर्दा एयरपोर्ट पछाडि काँडाघारी भन्ने ठाउँको कच्चिबाटो समाप्त भई उकालो सुरु हुनै लाग्दा विहान ११ बजेतिर गिरी सवार मोटरमा ढुंगा प्रहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति अनुसार संधिग्ध व्यक्ति समूहले मोटरमा ढुंगा प्रहार गरी जिउज्यानमाथि भौतिक आक्रमणको प्रयास हुनुका साथै मोटरमा क्षति पुगेको छ ।
‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रावधानभित्र रही निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भत्र्सना गर्दछ, ’विज्ञप्तिमा भनिएको छ ।
आक्रमणको प्रयास गर्ने व्यक्ति समूहको पहिचान गरि कडाभन्दा कडा कारबाही गर्न आयोगले सरकारसमक्ष अनुरोध गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत