८ सय ५२ कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत
अ +
अ -
काठमाडौं । देशभर हाल ८ सय ५२ कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । ६५२ आइसीयू र २०१ जना भेन्टिलेटरमा गरी ८५२ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १०७ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसीयू र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३४९ आइसीयू र १२५ जना भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा ३८ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आइसीयू र २० जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत