पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको निधन
अ +
अ -
पूर्व स्वास्थ्य राज्यमन्त्री तथा संविधानसभा सदस्य खड्गबहादुर बस्यालको शुक्रबार निधन भएको छ । क्यान्सरबाट पीडित ७७ वर्षीय उहाँको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित निवासमा निधन भएको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता बस्याल दलित संघका पूर्व अध्यक्ष, संविधानसभा २०६४ र २०७० का सदस्य, कांग्रेस सुर्खेत जिल्ला कार्यसमिति उपसभापति तथा प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य रहिसक्नुभएको थियो ।
बस्यालको पूर्ख्यौली घर पाल्पा हो । अन्तरजातीय विवाहका कारण उहाँका पिता १४ वर्ष भारतमा निर्वासित जीवन बिताउँदा उहाँको जन्म त्यहीँ भएको थियो । बस्यालले दोस्रो संविधानसभामा नागरिक सम्बन्ध समितिका सदस्यका रूपमा समेत काम गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत