स्वास्थ्य मन्त्री पौडेलले गरे स्वास्थ्य पत्रकारसँग छलफल, के भयो कुरा ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य पत्रकारहरूसँग छलफल गरेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा उनले स्वास्थ्य पत्रकारसँग छलफल गरेका हुन् ।
छलफलमा मन्त्री पौडेलले पत्रकारसँग सुझाव मागेका थिए ।
छलफलमा सहभागी पत्रकारहरूले स्वास्थ्य क्षेत्रमा रहेका समस्या, बेथिति, सुधार गर्नुपर्ने पक्षबारे मन्त्रीलाई अवगत गराएका थिए । उनीहरूले तत्काल लोकप्रियताका लागि काम गर्ने नभई प्रणालीगत सुधारका लागि दीर्घकालीन योजना ल्याउन सुझाव दिएका थिए ।
'स्वास्थ्य सेवा प्रभावकारी बनाउन र दक्ष जनशक्तिको प्रयोग कसरी गर्न सकिन्छ भनेर लागिरहेका छौँ', प्रतिक्रिया दिँदै मन्त्री पौडेलले भने, 'सबैकुरा बुझेर सकारात्मक असर गर्ने गरी निर्णय गर्ने छौँ ।'
पत्रकारबाट प्राप्त सुझाव आफूले मनन गर्ने र सकारात्मक सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
तपाईँको अभिमत