काठमाडौं उपत्यकामा १४२० लाई कोरोना पुष्टि
काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२० जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार देशभर थपिएका २ हजार ७३६ मध्ये १ हजार ४२९ जना उपत्यकाका रहेका छन् । अहिले काठमाडौं उपत्यकामा २० हजार २६० जना सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार २२२ जना विभिन्न अस्पताल र आइसोलसन सेन्टरमा छन् भने बाँकी होम आइसोलेसनमा छन् ।
२४ घण्टामा १२ हजार ९६० जनाको पीसीआर परीक्षण भयो । आज देशभर २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल आइसोलेसनमा ३८ हजार ३५ संक्रमित छन् भने १ हजार ५८ जना क्वारेन्टिनमा छन् ।
नेपालमा संक्रमितको संख्या १ लाख ९९ हजार ७६० सय पुगेको छ । जसमध्ये १ लाख ६० हजार ५७७ जना निको भएका छन् । यसैबीच २४ घण्टामा ८५३ जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत