तनहुँमा व्यापक फैलियो डेंगी, देशभर ४०९७ जनामा पुष्टि

सांकेतिक तस्बिर
गत जनवरी १ देखि १९ अगष्टसम्म देशभर ४०९७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । हाल ७४ जिल्लामा डेंगीका बिरामी देखा परेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले जानकारी दिएको छ।
इडीसिडीका अनुयास यो अवधिमा डेंगी संक्रमण भएका २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका तनहुँ जिल्लामा डेंगीका बिरामी अत्याधिक देखिएका छन् । यस जिल्लामा डेंगी पुष्टि हुनेको संख्या ७८१ पुगेको छ ।
पछिल्ला २ महिनामा यस जिल्लामा डेंगीका धेरै बिरामी फेला परेका हुन् । अगष्ट महिनाको १९ दिनमा मात्रै यहाँ ४५६ जनामा डेंगी पुष्टि भएको इडीसिडीले जनाएको छ । गत महिना २७४ मा पुष्टि भएको थियो ।
काठमाडौंमा ३८१ र कास्कीमा ३५१ जनामा डेंगी पुष्टि भएको छ। पछिल्लो २ महिनामा मात्रै देशमा २६०४ जनामा डेंगी पुष्टि भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत