देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकत्सकहरू आन्दोलनमा
उपभोक्ता अदालतको पछिल्लो फैसलाप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सोही आन्दोलनको चरणअनुसार आज (असार २३ गते, सोमबार) देशभरका निजी तथा सरकारी अस्पतालहरूमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ।
नेपाल चिकित्सक संघले आइतबार आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना कार्यक्रम सञ्चालन गरेको थियो। आज सोमबारको लागि संघले सम्पूर्ण ओपीडी सेवा बन्द गर्ने, आकस्मिक सेवा भने सुचारु राख्ने निर्णय लिएको हो।
यसै क्रममा देशभरका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलबाट प्राप्त प्रमाणपत्र तथा हस्ताक्षर सङ्कलन गरी संघको केन्द्रीय कार्यालयमा बुझाउने कार्यक्रम पनि तय गरिएको छ।
संघले उपभोक्ता अदालतको फैसलाले चिकित्सकीय पेसालाई अन्यायपूर्ण रूपमा दण्डित गर्न खोजेको भन्दै विरोध जनाउँदै आएको छ। संघले आगामी दिनमा थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ।
हेल्थपाटी
तपाईँको अभिमत