डब्ल्यूएचओले प्रदान गर्ने ५ अन्तराष्ट्रिय पुरस्कारका लागि आवेदन माग
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रदान गर्न लागेको ५ वटा अन्तराष्ट्रिय पुरस्कारका लागि व्यक्ति तथा संस्थालाई आवेदन माग गरिएको छ । डब्ल्यूएचओको हेडक्वार्टरले २०२३ मे मा प्रदान गर्न लागेको उक्त पुरस्कारका लागि ७ दिन भित्र आवेदन दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको छ ।
सासाकावा हेल्थ प्राइज, युनाइटेड अरब इमिरेट्स हेल्थ फाउउडेशन प्राइज, एटेट अफ कुवेत हेल्थ प्रमोसन फाउण्डेशन प्राइज, डा.लि जोङ वुक मेमोरियल प्राइज र नेल्सन मण्डेला अवार्ड प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
कुनै व्यक्ति वा संस्थाले आफैलाई मनोनयन वा अन्य व्यक्तिर संस्थाको सिफारिस गरेको, रिसर्च एण्ड टेक्नोलोजीमा साइन्टिफिक कन्ट्रीब्यूसन गरेको, धेरै जनमास माझ स्वास्थ्य सेवा पुर्याएको संस्था यी पुरस्कारका लागि आवेदन दिन सक्ने जनाइएको छ । व्यक्तिका हकमा सम्बन्ध्ति विषयमा स्नातकोत्तर उतीण गरेको हुनपर्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत