रामायण रिसियलमा रावणको भूमिका निभाएका त्रिवेदीको हृदयघातबाट मृत्यु
रामायण कथामा आधारित चर्चिच हिन्दी सिरियल रामायणमा रावणको भूमिका निर्वाह गरेका अभिनेता अरविन्द त्रिवेदी मृत्यु भएको छ । ८३ वर्षीय त्रिवेदीको गएराति हृदयघातका कारण मृत्यु भएको भारतीय मिडियाहरुले खबर दिएका छन् ।
सन १९८० को दशकमा बनेको रामानन्द सागरले निर्देशन गरेको रामायण सिरियलमा त्रिवेदीले लंकापति रावणको भूमिका निर्वाह गरेका थिए । रामानन्द सागरको यो रामायण सिरियल भारतसँगै नेपालमा पनि निकै लोकप्रिय भएको थियो र अहिले पनि छ ।
अभिनेता त्रिवेदीको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । त्रिवेदीलाई श्रदाञ्जली दिँदै मोदीले भनेका छन्–रामायण धारावाहिक सिरियलमा निभाएको भूमिकाका कारण अरविन्द पुस्तौँपुस्ता सम्मले सम्झना गरिरहने छन् ।’
उक्त रामायणमा रामको भूमिका निर्वाह गरेका अरुण गोविल लक्ष्मणको भूमिको निर्वाह गरेका सुनिल लहरी र दीपिका चिखलियाले पनि त्रिवेदी मृत्युले निकै दुःखी भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत