भियतनाममा भेटियो कोरोनाको हाइब्रिड भेरियन्ट
काठमाडौं । भियतनाममा भारत र बेलायतमा भेटिएको कोरोनाको 'हाइब्रिड भेरियन्ट' फेला परेको छ । सरकारको एक बैठकमा सहभागी हुने क्रममा भियतनामका स्वास्थ्यमन्त्री न्गूयेन थाङलोङले कोरोनाको हाइब्रिड भेरियन्ट पत्ता लागेको जानकारी दिनुभएको हो ।
‘एउटा भारतमा देखिएको फरक - फरक म्यूटेशनको प्रजाती र अर्को बेलायतमा भेटिएको प्रजातीको हाइब्रिड कोरोना भेटिएको छ, स्वास्थ्यमन्त्री थाङलोङले भन्नुभयो ,यो हाइब्रिड भेरियन्ट खतरनाक छ । ’
ल्याब टेस्टका अनुसार यो भेरियन्ट हन्य भेरियन्टभन्दा सजिलै फैलनसक्ने देखिएको उहाँले बताउनुभयो । भियतनाममा भेटिएको हाइब्रिड भेरियन्टबारे विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)लाई रिपोर्टिङ गरिएको छैन । यसअघि त्यहाँ भारतको भेरियन्ट देखिएको थियो ।
दक्षिण एसियाली देशहरुमा भारत र बेलायतमा देखिएको भेरियन्टका केसहरु देखिरहेका छन् । यद्यपी अहिलेसम्म डब्ल्यूएचओले बेलायत, भारत, ब्राजिल र दक्षिण अफ्रिकाको गरि ४ थरीका कोरोनाको नयाँ प्रजाती पुष्टि गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत