कोरोना संक्रमणबाट नर्सिङ शिक्षक नेसुम शाक्यको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नर्सिङ शिक्षक नेसुम शाक्यको निधन भएको छ । विराट हेल्थ साइन्स क्याम्पसमा कार्यरत उहाँको जेठ २२ गते उपचारका क्रममा निधन भएको हो ।
नेपाल नर्सिङ संघकी कोषाध्यक्ष एवं प्रवक्ता कल्पना श्रेष्ठका अनुसार शाक्यको केही समय अगाडि मिर्गाैला प्रत्यारोपण गरिएको थियो । संक्रमण पुष्टि भएपछि विराट नर्सिङ होममा भर्ना हुनु भएकी शाक्यको भेन्टिरलेटरमा उपचारका क्रममा निधन भएको श्रेष्ठले जानकारी दिनुभयो ।
संघले शाक्यको निधनप्रति दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत