मेडिकल कलेजका मालिकसँग पूर्वस्वास्थ्य मन्त्री ढकालको फराकिलो हार

पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ठूलो मतान्तरले पराजित हुनुभएको छ । मोरङ क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका ढकाललाई कांग्रेस उम्मेदवार सुनिल शर्माले हराउनुभएको हो ।
शर्मा ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाउनुभयो । अघिल्लो निर्वाचनमा ढकाल शर्मालाई नै पराजित गरी यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
राप्राकी रेखा थापाको १० हजार ९९८ मत आएको छ।
शर्मा र ढकालबीच कडा प्रतिस्पर्धा हुने ठानिएपनि शर्माले एकपक्षीय जित निकाल्नुभएको हो।
शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुनुहुन्छ ।
आफ्नो कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीसँग बढी शुल्क लिएपछि गतसाल शर्मा विवादित बन्नुभएको थियो ।
तपाईँको अभिमत