नक्कली डाक्टर प्रकरणमा पक्राउ पर्नुभएका रन्जित कुमार यादव रिहा
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जारी राखेको नक्कली डाक्टर विरुद्धको कारबाहीमा प्रक्राउ प्रक्राउ पर्नुभएका सक्कली डाक्टर रन्जित कुमार यादव रिहा हुनु भएको छ ।
सीआईबीले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको कमजोरी रहेको देखिएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उहाँलाई रिहा गरिएको सीआईबीले जनाएको छ।
यसअघि २०७८ मंसिर २८ गतेको पत्रमा मेडिकल काउन्सिलले भुलबस रन्जित कुमार यादवको नाम उल्लेख भएको भनेर दोस्रो पत्र पठाएको सीआईबीले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
‘काउन्सिलमा दर्ता भएका चिकित्सक रंजित कुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भुलबस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको भनेर पत्र आएपछि हाल पक्राउ परेका डा रंजित कुमार यादवलाई कसूरको अनुसन्धानका लागि हिरासतमा राखिराख्न आवश्यक नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
police
हेल्थपाटी
तपाईँको अभिमत