स्टाफ नर्स अञ्जना श्रेष्ठ ५० हजार राशीसहित स्वास्थ्य सेवाबाट पुरस्कृत
अ +
अ -
नारायणी अस्पताल वीरगञ्जकी स्टाफ नर्स अञ्जना श्रेष्ठ स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानति हुनुभएको छ । उहाँले ५० हजार राशीको पुरस्कार प्राप्त गर्नुभएको छ ।
उहाँ विगत १६ वर्षदेखि अस्पतालको विभिन्न वार्डमा सेवा गरिरहनुभएको छ । साथै उहाँले वडा पालिकाहरुमा मातृशिशु स्वास्थ्य प्रवाह गर्नुका साथै महामारीको समयमा अतुलनीय सेवा प्रवाह गर्नुभएकाले उहाँलाई सम्मान गरिएको हो ।
उहाँलाई स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित मूल समारोहमा स्वास्थ्यमन्त्री परम गिरीले सम्मान गर्नुभएको हो ।
समारोह अहिले पनि चलिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत