वीर अस्पताल राष्ट्रिय गौरवको आयोजनामा समावेश
अ +
अ -
काठमाडौं । सरकारले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा तीन वर्षमा पुरा गर्ने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले वीर अस्प्तालको विस्तारित सेवालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको जानकारी दिनुभयो । आगामी वर्ष विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य तीन वर्षमा पुरा गर्ने जनाउनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत