कर्मचारीको नयाँ तलबमान लागू, ग्रेड र प्राविधिक सम्बन्धमा यस्तो छ व्यवस्था :
सरकारले बजेट भाषणमार्फत कर्मचारीको नयाँ तलबमान र सुविधा कार्यान्वयमा ल्याएको छ । साउन २६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार साउन १ गतेदेखि कर्मचारीको नयाँ तलबमान र सुविधा लागू भएको अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गर्नुभएको थियो । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको छ ।
सबै तहका निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका नयाँ तलबमान लागू भएको छ ।
प्राविधिक ग्रेडका सम्बन्धमा २०५७ साल साउन १ गतेभन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरुको हकमा साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी १ दिनको तलब बराबरको १ ग्रेडको दरले २ ग्रेड वापत्को रकम उपलब्ध हुने अर्थ मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा तर्फ अधिकृत १२ औँ तहका कर्मचारीको सुरु तलब र ग्रेड संख्या र ग्रेड दरसहित तलब ७६ हजार ८८८ रुपैयाँ पुगेको छ । यस्तै अधिकृत ११ औं तहको ६६ हजार ५३८ रुपैयाँ, १०औं तहको ६४ हजार ३५९ रुपैयाँ, नवौँ तहको ५९ हजार ४०५ रुपैयाँ कायम गरिएको छ ।
स्वास्थ्यको सहायक प्रथमको मासिक तलब ३२ हजार ९३२ रुपैयाँ रहेको छ । मुख्यसचिवको तलब, २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ ।
salary increase
हेल्थपाटी
तपाईँको अभिमत