बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षका बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिनुभएको थियो । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हाल्नु भएको छ । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
तेस्रो वरियतामा सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय,विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय,
खड्कराज पौडेलले पर्यटनमन्त्री,सस्मित पोखरेलले शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाउनुभएको छ ।
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको छ ।
विक्रम तिमिल्सिना सञ्चारमन्त्री, प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रीको, दीपक साह ९महोत्तरी०ले श्रम रोजगार मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बन्नु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत