समस्या हल हुन्छ भने वीर अस्पताल र न्याम्सलाई छुट्याउनुपर्छ : स्वास्थ्य मन्त्री यादव
अ +
अ -
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र वीर अस्पताललाई अलग गर्ने विषयमा बेलाबेला चर्चा हुँदै आएको छ । दुई संस्था छुट्याउँदा स्वास्थ्य सेवा र शिक्षामा राम्रो हुन्छ भने सरकार तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताउनुभयो ।
आज स्वास्थ्य पत्रकारहरुसँग भेटघाटका क्रममा मन्त्री यादवले दिनुभएको जानकारी अनुसार
त्यसका लागि मन्त्रालयले विधेयक बनाएर सदनमा पठाएको छ । न्याम्सलाई शिक्षणा कार्यमा मात्रै केन्द्रीत गराउने र वीर अस्पतालले उपचारमा मात्रै जोड दिने गरी व्यवस्थापन गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।
’त्यसरी समस्या हल हुन्छ भने गर्नुपर्छ, मन्त्रालयले विधेयक बनाएर सदनमा पठाएको छ’ मन्त्री यादवले भन्नुभयो, ‘मुख्य कुरा जनतालाई राम्रो सेवा दिनु हो।’
हेल्थपाटी 
तपाईँको अभिमत