कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक एमबीबीएस पढाइ सुरु
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस पढाइ सुरु भएको छ ।
एमबीबीएसको शैक्षिक शस्त्र २०२० अन्तर्गत आइतबारबा प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालनमा आएको हो।
जुम्ला जिल्लाको सदरमुकाम खलंगामा २०६८ मा प्रतिष्ठानको स्थापना भएको थियो । २०७८जेठ २९ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस तह पढाउन पाउन अनुमति दिएको थियो । प्रतिष्ठानलाई २० सिट पढाउन अनुमति छ।
आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये आइतबार १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ । उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरु भएको छ ।
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत