यस्तो छ सुत्ने र उठ्ने सबभन्दा उत्तम समय, उमेरअनुसार कति सुत्ने ?
खास सुत्ने समय ‘यति बजे’ भनेर भन्न सकिने अवस्था भने छैन । कसैको कार्यालय जानुपर्ने त कसै बालबच्चाहरूको हेरचाहलगायतका कारण सुत्ने समयलाई शास्त्रीय रूपमा निर्धारण गरेर व्यवहारतः लागू गर्न कठिन हुन्छ ।
यद्यपि यसलाई ब्यूँझने (उठ्ने) समयसँगको तालमेलमा निर्धारण गर्न सकिन्छ । जस्तै; वयस्क मानिस ७ देखि ८ घण्टा सुत्दा राम्रो हुने विज्ञहरू बताउँछन् । यदि त्यसो हो भने बिहान ६ बजे उठ्नलाई कम्तिमा पनि राति ११ बजे सुत्नुपर्ने हुन्छ ।
कुन उमेर समूहका मानिस कति समय सुत्ने ?
वयस्क मानिस ७ घण्टा सुत्दा प्रर्याप्त हुने विज्ञहरू बताउँछन् । त्यस्तै भर्खर जन्मिएदेखि ३ महिनाको शिशु १४ देखि १७ घण्टासम्म सुत्नुपर्ने उनीहरूको भनाइ छ ।
| उमेर | सुत्नुपर्ने (घण्टा) |
| ०–३ महिना | १४–१७ |
| ४–१२ महिना | १२–१६ |
| १–२ वर्ष | ११–१४ |
| ३–५ वर्ष | १०–१३ |
| ९–१२ वर्ष | ९–१२ |
| १३–१८ वर्ष | ८–१० |
| १८–६० वर्ष | कम्तिमा ७ घण्टा |
| ६१–६४ वर्ष | ७–९ |
| ६५ वर्षभन्दा माथि | ७–८ |
प्रर्याप्त नसुत्दा के हुन्छ ?
रातमा प्रर्याप्त नसुत्दा दिनमा निद्रा लाग्ने, दिक्क लाग्ने तथा बिर्सिने जस्ता समस्या देखा पर्छन् । त्यस्तै नियमित रूपमै पर्याप्त नसुत्दा स्वास्थ्यमा दीर्घकालिन समस्या पनि निम्त्याउँछ । जस्तै; बारम्बार बिरामी भइरहने, उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मोटोपन, मानसिक तनाव आदि ।
यसैगरी आवश्यकता भन्दा अत्यन्तै बढी समय सुत्दा पनि विभिन्न स्वास्थ्य समस्याहरू हुन सक्छन् । मानसिक तनाव हुने, दिक्क लाग्ने, मुटुसँग सम्बन्धित रोग लाग्नेलगायत हुन्छ । त्यस्तै त्रास हुने, पार्किन्सन्स, मधुमेह, मोटोपन दम तथा थाइरोइड अनियमित हुने समस्या पनि हुन सक्छन् ।
हेल्थपाटी
तपाईँको अभिमत