कोरोनाका कारण बन्द रहेको आन्तरिक उडान आजदेखि सूचारु
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान आज सोमबारदेखि सूचारु हुँदैछ । यसका लागि हवाई कम्पनीहरुको सबैखाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको बताएका छन् ।
हवाई कम्पनीहरुले यात्रुका लागि पनि भाडादर सस्तो तोकेका छन्। जसअन्तर्गत आज काठमाडौं–पोखराको भाडा २ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं–बिराटनगरका लागि ३३ सय, भैरहवाका लागि २६ सय, जनकपुरका लागि २ हजार, नेपालगञ्जका लागि ५ हजार १०५, भद्रपुरका लागि ३ हजार न्यूनतम भाडा तोकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत