नाइजेरियाको एक राज्यमा हैजाबाट ३२९ जनाको मृत्यु

नाइजेरियाको एक अस्पतालमा हैजाका बिरामीको उपचार गरिँदै ।
अफ्रिकी देश नाइजेरियाको एक राज्यमा मात्रै हैजाबाट ३२९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने कानो राज्यमा गत मार्चदेखि अहिलेसम्म हैजाबाट ३२९ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाका अनुसार नाइजेरियाका सरकारी अधिकारीले बुधबार सञ्चालकर्मीमाझ हैजा प्रकोपबारे ब्रिफिङ गरेका थिए । कानो राज्यकारोग नियन्त्रक अधिकारी सुलेमान इलियासुका अनुसार राज्यमा ११ हजार ४७५ जनामा हैजा देखिएको थियो । ३२९ जनाको मृत्यु हँदा ११ हजार ११५ जना निको भइसकेका छन् । ३ स्थानीय क्षेत्रमा ३१ जनाको उपचार भइरहेको छ ।
नाइजेरियाको हैजा प्रभावित क्षेत्र मध्ये कानो राज्य दोस्रो रहेको स्वास्थ्य अधिकारी इलियासुले बताएका छन् ।
दूषित पानीका कारण सर्ने यो रोग अल्प विकसित मुलकमा बेलाबेलामा महामारीका रुपमा देखापर्ने गर्छ ।
हेल्थपाटी
तपाईँको अभिमत