स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड
अ +
अ -
आर्थिक वर्ष (आव) २०८२/०८३ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन भएको छ । प्रतिनिधि र राष्ट्रियसभागको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयलाई सो रकम विनियोजन गरेको बताउनुभयो ।
आव ०८२/०८३ मा सातै प्रदेशमा मुटुरोग र क्यान्सर उपचार सेवा विस्तार गरिने भएको छ । त्यस्तै सबै प्रदेशका एक–एक सरकारी अस्पतालमा जलन उपचार कक्ष स्थापना गरिने भएको छ ।
मन्त्री पौडेलका अनुसार प्राकृतिक तथा वैकल्पिक उपचार सेवालाई पनि प्रोत्साहन गरिने तथा वैद्यखानाको उत्पादन क्षमता विकास गरिने भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत