पैतालामा देखिने यस्ता लक्षण जसले गम्भीर स्वास्थ्य समस्याको सङ्केत गर्छन्
शरीरले विभिन्न स्वास्थ्य समस्याको पूर्व लक्षण देखाउने गर्छ । कतिपय स्वास्थ्य समस्याहरू खुट्टा वा पैताला मार्फत् जनाउने गर्छ । कहिलेकाहीँ पैताला दुख्दा तथा कुर्कुच्चा दुख्दा सामान्य रूपमा लिन्छौँ, केही समयमा निको पनि हुन्छ । तर कतिपय यस्ता समस्या पनि हुन्छन्, जुन गम्भीर रोग हुनसक्छन् । यहाँ त्यस्ता केही लक्षणलाई प्रस्तुत गरिएको छ :
पैताला चिसो भइरहने, सजिलै नतातिने
गर्मी मौसम वा न्यानो वातावरणमा पनि खुट्टा/पैताला चिसो भइरहन्छ भने केही समस्या हुनसक्छ । रक्तसञ्चारमा खराबी वा आवश्यक जति रक्तसञ्चार नहुँदा त्यस्तो समस्या हुने गर्छ । रक्तनली साँगुरो हुँदा यस्तो समस्या निम्तिन्छ । बोसो जम्दा नसा साँघुरिने हुन्छ ।
यस्तो समस्या कहिलेकाहीँ मुटुरोग तथा मधुमेहसँग पनि जोडिन्छ । थाइरोइड छ भने पनि पैताला वा खुट्टा चिसो हुने समस्या हुन्छ ।
झमझमाउने वा पिनले घोचेको अनुभूति
पैताला वा खुट्टा झमझमाउने समस्या खुट्टा निदाउने समस्या भन्दा खतरा हो । यो समस्या नसा खराब हुनसक्ने सङ्केत हो । धेरैजसो मधुमेहका कारण यस्तो हुने गर्छ । यस्तो समस्यालाई ‘डाइबिटिक न्यूरोप्याथी’ भनिन्छ । रगतमा चिनीको मात्रा बढी हुँदा पैताला वा खट्टाको नसा खराब हुँदै माथि सर्दै जान्छ । कतिपयलाई यस्तो भएको पत्तै हुँदैन । यसैगरी यस्तो समसया मद्यपानसँग सम्बन्धित भएका नसाको खराबीले पनि हुन्छ भने कहिलेकाहीँ भिटामिन कमीका कारण पनि हुन्छ । विशेषगरी भिटामिन बी१२ को कमी हुँदा यस्तो समस्या हुने गर्छ ।
हिँड्दा हल्का लर्खराउने
हिँड्दा खुट्टा हल्का लर्खराएको महसुस कुनै वेला हुनसक्छ । यो आफैमा कुनै रोग नभइ अर्को रोगको सङ्केत हुनसक्छ । यो स्नायूसँग सम्बन्धित समस्या हुनसक्छ । कहिलेकाहीँ पैतालाको अगाडिपट्टिको मांशपेसी कमजोर हुँदा यस्तो हुनसक्छ । यद्यपि यसका पछाडि विविध कारण हुनसक्छन् । यो समस्या नसा सम्बन्धी हुने भएकाले विशेष निगरानी वा उपचारको पनि खाँचो हुन्छ ।
बारम्बार चिलाउने
कहिलेकाहीँ पैताला चिलाउनु सामान्य सुक्खा हुँदा हने समस्या हो । तर त्यस्तो चिलाउने समस्या बारम्बार हुन्छ र केही रातो देखा पर्छ भने त्यो वेला चनाखो हुने अवस्था हो । कुनै वेला त्यस्तो समस्या मधुमेह भएमा हुनसक्छ । साथै गम्भीर छालाको समस्याका कारण पनि चिलाउने र छाला रातो हुने हुन्छ ।
(टाइम्स अफ इन्डियाबाट)
तपाईँको अभिमत