छोटो समयमा धेरैलाई कोरोना खोप लगाउन सकेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई
अ +
अ -
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा छोटो समयमा धेरैलाई कोरोना खोपको पहुँचमा ल्याउन नेपाल सफल भएको भन्दै खुशी व्यक्त गरेको छ ।
डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाको क्षेत्रिय निर्देशक डा. पुनम खेत्रपाल सिंहले छोटो समयमा १५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाउन सफल भएकोमा बधाइ दिनुभएको छ ।
नेपालमा हालसम्म १ करोडबढी डोज खोप लगाइएको छ जसमा १५ प्रतिशतले पूर्ण र १८ प्रतिशतले एक मात्रा लगाएका छन् ।
नेपालमा माघ १४ गतेबाट कोरोनाको खोप लगाउन सुरु गरिएको थियो र यहाँ कोभिशिल्ड, एष्टाजेनेको, भेरोसेल र जोनसनको खोप प्रयोगमा छ ।
हेल्थपाटी
तपाईँको अभिमत