उपत्यकामा निषेधाज्ञा थप्नेबारे आज औपचारिक निर्णय हुँदै
काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक आज पनि बस्दैछ । बिहान १० बजेपछि बस्ने बैठकमा काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्नेबारे औपचारिक निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि भोली सकिँदै छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले तीनै जिल्लाका प्रजिअको हिजोको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको र आज औपचारिक निर्णय गरी घोषणा गर्ने तयारी भएको जानकारी दिनुभयो ।
यसअघि भन्दा केहि खुकुलो गरी उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा लगाउने तयारी छ । खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरमा यसअघि भन्दा केहि खुकुलो गर्ने तयारी भएपनि यसअघि जस्तै बिहान ९ बजेसम्म मात्रै खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको छ ।
यस विषयमा आज थप छलफल गरेर निर्णय लिने तयारी गरिएको छ । काठमाडौंमा २१ पर्सीदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत