बिरामीको गलत खुट्टा काटेका सर्जनलाई ३ हजार डलर बढी जरीवाना

फाइल तस्विर
अ +
अ -
अष्ट्रियामा उपचारका क्रममा गलत खुट्टा काटेका सर्जन डाक्टरलाई ३ हजार ६० डलर जरीवाना तिराइएको छ । अष्ट्रियन अदालतले ४३ वर्षकी सर्जनलाई उक्त सजाय दिएको हो । गत मेमा फेरिस्टाड शहरका ८२ वर्षका ज्येष्ठ नागरिकको बाँया खुट्टा काट्नुपर्नेमा सर्जनले दाँया खुट्टा काट्नु भएको थियो ।
सर्जनबाट मानविय त्रुटि भएको रहस्य अपरेशन गरेको २ दिनपछि थाहा भएको थियो । समाचार संस्था एएफपीका अनुसार बिरामीको अपरेशन गरेपछि खुट्टाको घाँउको नियमित ब्याण्डेज गर्ने क्रममा गलत खुट्टा काटिएको खुल्न आएको थियो । गलत खुट्टा अदालतमा मुद्धा पर्नु अगावै गलत खुट्टा काटिएका बिरामीको मृत्यु भइसकेको छ । उहाँकी श्रीमतीलाई २२९६ डलर क्षतिपूर्ति दिलाइएको पनि समचारमा उल्लेख छ ।
हेल्थपाटी
तपाईँको अभिमत