बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.बराल भारतमा पुरस्कृत
अ +
अ -
बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र बराल पुरस्कृत हुनुभएको छ। उहाँलाई भारतको सबैभन्दा ठूलो क्यान्सर संगठन इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक ओन्कोलोजीले पुरस्कृत गरेको डा.बरालले जानकारी दिनुभएको छ।
यस संस्थाले बराललाई दिल्लीमा पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेको हो। क्यान्सरको क्षेत्रमा गरेको योगदानको कदर गर्दै पुरस्कृत हुन पाएको कुरा सेयर गर्न पाउँदै गौरव लागेको डा.बराललले बताउनुभएको छ।
सार्क फेडेरेसन अफ अंकोलोजिस्टका पूर्वअध्यक्ष समेत रहनुभएका डा.बराल विगत ३ दशकदेखि क्यान्सर बिरामीको उपचारमा संलग्न हुनुहुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत