अमेरिकामा ८ गुरिल्लालाई कोरोना संक्रमण पुष्टि
अ +
अ -
काठमाडौं । अमेरिकाको एक पार्कमा रहेका ८ गुरिल्लालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सन दियागो जु सफारी पार्कमा रहेका गुरिल्लालाई कोराना भाइरस संक्रमण पुष्टि भएको हो ।
पार्कका कार्यकारी निर्देशक लिसा पिटरशनले ८ गुरिल्लालाई कोरोना पुष्टि भएको र पार्कमा रहेका अरु धेरै गुरिल्लालाई पनि संक्रमण भएको हुनसक्ने बताउनुभयो । पार्कका स्याहार कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको तर उनीहरुलाई लक्षण थिएन ।
लक्षण नदेखिएपछि मास्क लगाएर ती कर्मचारीहरु गुरिल्लाको नजिक बस्दथे । पार्क सर्वसाधारणका लागि डिसेम्वर ६ देखि नै बन्द गरिएको छ । गुरिल्ला र मानिसको डिएनए लगभग ९८ प्रतिशत मिल्दोजुल्दो हुने अध्ययनले देखाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत