थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १८१९

कोरोना संक्रमणबाट निधन हुनुभएका सिनियर अर्थाेपेडिक सर्जन डा. हरि सापकोटाको शव
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ३ संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८१९ पुगेको छ ।
आज देशभर थप ५०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २६७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४३४ जनाको पीसीआर परीक्षण भएकोमा ५०० जनालाई पोजेटिभ देखिएको हो ।
यस्तै, २४ घण्टामा ८४० संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । अहिले देशभर ६ हजार ७४९ संक्रिय संक्रमित रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत