काठमाडौंमा फेरी देखियो बर्डफ्लू, १३०० पछीं नष्ट गरियाे
अ +
अ -
काठमाडौं । काठमाडौंको किर्तिपुर र चन्द्रागिरीमा बर्डफ्लू देखिएको छ ।
पशु सेवा विभागका अनुसार किर्तिपुर नगरपालिका वार्ड नं ४ र वार्ड नं ९ र चन्द्रागिरी नगरपालिकाको वार्ड न २ का कृषकले पालेका टर्कीमा बर्डफ्लू पुष्टि भएको हो ।
बर्ड फ्लु पुष्टि भएपछि डा. अर्जुन अर्यालकाे नेतृत्वमा खटेकाे टाेलिले ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई २० हाँस, १७८ अण्डा र ९०० केजी दाना नष्ट गरीएको विभागले जनाएको छ ।
गत माघमा काठमाडाैं, सुर्खेत, जाजरकोट र ललितपुर बर्ड फ्लु देखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत