बुटवल कोरोना अस्पतालमा अक्सिजन सकिएपछि ५ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुमा अक्सिजन सकिएपछि ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन् । २९, ५२, ५४, ४४ र ५२ वर्षका संक्रमितको मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
अक्सिजन नआए अस्पतालमा रहेका अरु बिरामी पनि जोखिममा रहेका उहाँले बताउनुभयो ।
यसअघि पटकपटक जानकारी गराउँदै आइसियु र एचडीयुमा जसोतसो व्यवस्थापन गरिए पनि अहिले स्थिति नियन्त्रण बाहिर गएको उहाँले बताउनुभयो । देशका अन्य अस्पतालहरुमा पनि अक्सिजनको हाहाकार हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत