३० लाख व्यक्तिको नि:शुल्क स्वास्थ्य बीमाको तयारी, को- छन् प्राथमिकतामा ?
सरकारले ३० लाख जनाको नि:शुल्क स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लोपोन्मुख र अल्पसंख्यक जनसंख्याको नि:शुल्क स्वास्थ्य बीमा गर्ने प्रस्ताव आफूले गरेको जानकारी दिनुभयो । उहाँका अनुसार लोपोन्मुख र अल्पसंख्यकको जनसंख्या ३५ लाख छ र उनीहरुको प्रतिव्यक्ति ३५ सय रुपैंयाका दरले नि:शुल्क स्वास्थ्य बीमा गर्ने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ ।
‘सबै नेपालीको स्वास्थ्य बीमा नि:शुल्क हुनुपर्छ भन्ने मेरो जोड छ तर सुरुवाती चरणमा लोपोन्मुख र अल्पसंख्यक जनसंख्याको बीमा गर्ने तयारी छ । उहाँले भन्नुभयो- ‘एकैपटक सबैको नि:शुल्क स्वास्थ्य बीमा गर्न नसकिएपनि ३० लाख व्यक्तिको नि:शुल्क बीमा गर्ने र त्यसले विस्तारै नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रमको जग बस्छ भन्ने मलाई विश्वास छ । ’
उहाँले बीमाको दुरुपयोग रोक्न सुरुमा सरकारी स्वास्थ्य संस्थाहरुमा यो कार्यक्रम लागू गरिएको बताउनुभयो । ‘मैले बीमा कार्यक्रम किन निजीमा पनि नगर्ने भनेर बुझ्दा बीमाको दुरुपयोग भएछ, यसलाई रोक्न सुरुमा सरकारी संस्थामा जचाउँनै पर्ने अनि त्यसपछि मात्रै अन्यत्र रिफर गर्ने भन्ने व्यवस्था लागू भएको रहेछ, ’खतिवडाले भन्नुभयो ।
आफु स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्यका गतिविधिहरु बुझिरहेकाले सबैको सल्लाह सुझावमा अघि बढ्ने र आफ्नो कार्यकालमा भ्रष्टाचार र अनियमितता हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत