असार २३ गते लिइएको नर्सिङ नाम दर्ता परीक्षाको नतिजा अनिश्चतकालका लागि स्थगित
नेपाल नर्सिङ परिषद्ले गत शनिबार लिएको ३३ औं नाम दर्ता परीक्षाको नतिजा प्रहरीबाट छानबीनको अन्तिम प्रतिवेदन नआउञ्जेल स्थगित भएको छ । परिषद्को एक सूचना जारी गरि उक्त जानकारी दिएको हो ।
असार २३ गते सिद्धार्थ वनस्थली परीक्षा केन्द्रका केही परिक्षार्थीहरुबाट प्रश्नपत्र सामाजिक सञ्जालमार्फत समुहमा चुहावट भएको र बाहिरबाट प्रश्नको उत्तर पनि प्राप्त गरेको पाइएपछि परिषद्ले प्रहरीलाई बाेलाएकाे थियाे । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिइएका ३ जनासँग बयान लिने क्रम चलिरहेको र उक्त प्रश्नपत्र कति समुहमा पुग्यो भन्ने छानविन भइरहेकाले साेको अन्तिम प्रतिवेदन प्राप्त नहुञ्जेल परीक्षाफल प्रकाशन स्थगित गरिएको परिषद्ले जनाएको छ ।
प्रतिवेदन आउन अझै कम्तिमा २५ दिन लाग्ने बताइएको छ । परिषद्का एक कर्मचारीका अनुसार आउट भएको प्रश्नपत्र ४०० भन्दा बढीले हेरेको पाइएको छ । परीक्षामा ६ सयभन्दा बढी परिक्षार्थीको सहभागिता रहेको थियो ।
यस्तो छ, परिषद्को सूचना :
हेल्थपाटी
तपाईँको अभिमत