बालबालिकाका लागि काठमाडौंमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान

सांकेतिक तस्विर
अ +
अ -
काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान चलिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ २४ गते हिजोदेखि सुरु भएको उक्त अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा बालबालिकालाई फाइजर खोप लगाइने छ ।
खोप काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरू सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।
खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान अनुरोध गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत