भारतमा उत्पादित अर्काे कोरोना खोपले पनि नेपालमा पायो प्रयोगको अनुमति
काठमाडौं । नेपालमा कोरोना विरुद्धको अर्काे खोपले पनि आपत्कालिन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले भारतमा निर्मित कोभ्याक्सिन खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएको हो । कोभ्याक्सिन १८ वर्षमाथिका व्यक्तिलाई दिइनेछ भने यो खोपलाई २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्छ । कोभ्याक्सिन पनि २ मात्रा लगाउनुपर्नेछ ।
यसअघि भारतमा निर्मित नै सेरम इन्स्ट्च्यिूटको कोभिशिल्ड र चीनमा निर्मित सिनाफार्मको भेरोसेललाई विभागले प्रयोगको अनुमति दिएको थियो यद्यपी नेपालमा हालसम्म कोभिशिल्डको मात्रै प्रयोग भएको छ ।
हाल खोप अभावमा नेपालमा खोप अभियान नै रोकिएको छ । सरकार आफैले खरिद गरेको खोप समयमा नै आपूर्ति हुनसक्दा खोप अभियान स्थगित भएको हो । विभागले निजी क्षेत्रलाई पनि खोप आयातका लागि आवेदन आव्हान गरिसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत