लाइसेन्सिङ परीक्षामा ६२६ जना डाक्टर फेल
काठमाडौं । फागुन ९,१० र ११ गते सञ्चालन भएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा ६२६ जना डाक्टर अनुतिर्ण भएका छन् ।
मेडिकल तर्फ (एमबिबिएस) १ हजार १६४ र डेण्टल तर्फ (बिडिएस) २०९ गरि १ हजार ३७३ जना सहभागि भएकोमा मेडिकल तर्फ ६५४ जना र डेण्टल तर्फ ९४ जना डाक्टर पास भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
हाल काउन्सिलमा एमबिबिएसमा २४ हजार ८ सय १४ र बिडिएसमा ३ हजार ६ सय ६३ गरी २८ हजार ४ सय ७७ जना चिकित्सक दर्ता भएका छन्।
परीक्षामा उत्तिर्ण भएका र एक वर्षको इन्टर्नसिप पूरा गरेकाहरूले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन दिनुपर्ने छ।
परीक्षाको नतिजामा चित्त नबुझे आजको मिति देखि ३५ दिनभित्र पूनर्याेगका लागि १ हजार रुपैंया दस्तुर बुझाई आवेदन दिन सक्नेछन् ।
हेल्थपाटी
तपाईँको अभिमत