कोरोनाका कारण वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.कनकबहादुर रावतको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.कनकबहादुर रावतको निधन भएको छ । कोरोना संक्रमण भएपछि जेठ दोस्रो साता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज विहान ६ बजे निधन भएको हो ।
लामो समयदेखि एक्यूट मायलोड ल्यूकेमिया(एएमएल) सम्वन्धि समस्याबाट पीडित रावतको ७२ वर्षको उमेरमा निधन भएको हो । ल्यूकेमिया रक्त तथा बोनम्यारो सम्वन्धि क्यान्सर हो ।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला उपचार सेवा स्थापनादेखि विस्तारमा उहाँको महत्वपूर्ण देन रहेको छ । उमेर हदका कारण अवकासपछि पनि डा. रावतले सेवा करारको रुपमा आइओएममा आवद्ध भएर डिएम कार्यक्रमसमेत सुरु गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत