स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर
स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। बुधबार महानिर्देशकस्तरीय निर्णय अनुसार डा. गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखा लगिएको छ। उहाँलाई स्वास्थ्य मन्त्रालयबाट सरुवा गरिएको थियो ।
उपचारात्मक महाशाखाकी डा. पोमा थापालाई इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
सो स्थानमा रहनुभएका डा.फणिन्द्र बराललाई उपचारात्मक महाशाखामा लगिएको छ।
परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ। परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ। अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ भने सागर दाहाललाई इडिसिडीमा लगिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत