अब विदेश जान सरकारी प्रयोगशालाको पीसीआर रिपोर्ट मात्रै मान्य हुने
अ +
अ -
काठमाडौं । अब देखि विदेश जानेहरुले पीसीआर परीक्षण सरकारी प्रयोगशालामा मात्रै गर्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विदेश जानेहरुको पीसीआर रिपोर्ट सरकारी प्रयोगशालाको मात्र मान्य हुने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अबदेखि विदेश जानेहरुको सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्नुपर्ने जानकारी दिनुभयो ।
निजी प्रयोगशालाहरुले स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाएको भन्ने खुलासा भएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । उहाँले निजी प्रयोगशालाहरुले गलत रिपोर्ट बनाएको सम्बन्धमा स्पष्टीकरण सोधिने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत