स्टेरोइड औषधिको असर : छाला पातलो हुनेदेखि अनुहारमा अनावश्यक रौं आउने जस्ता समस्या
पाटन अस्पतालमा कार्यरत छाला तथा यौनरोग विशेषज्ञ डा.विकास पौडेलले छालामा स्टोरोइडको जथाभावी प्रयोग भइरहेको र यसले छालामा जटिल समस्याहरु निम्त्याइरहेकोप्रति सचेत गराउनुभएको छ । हेल्थपाटीसँग नेपालमा छालामा स्टेरोइडको प्रयोगबारे विषयमा भएको कुराकानीमा उहाँले नेपालमा स्टोरोइडको प्रयोग भयावह रहेको बताउनुभयो ।
उहाँले स्टोरोइड खुलेआम फार्मेसी बाहेक ब्यूटी पार्लर, किराना पसलमा पनि स्टोरोइड औषधि पाइने गरिएको बताउनुभयो । जबकी स्टोरोइड चिकित्सकको प्रिस्क्रिप्सनविना प्रयोग गर्न हुँदैन । सन् २०१६ मा स्टोरोइड दुरुपयोगबारे शिक्षण अस्पतालमा गरिएको एक अध्ययनअनुसार उहाँले नेपालमा स्टोरोइड औषधिको दुरुपयोग भयावह रहेको देखाएको बताउनुभयो । सो अध्ययनमा उहाँ स्वयम सहभागी हुनुन्थ्यो । अध्ययनमा ६० प्रतिशतभन्दा बढी औषधि चिकित्सकको प्रिस्क्राइव विना प्रयोग गर्ने गरेको पाइयो, त्यसमा दाद, चायाँ पोतो हटाउन, डण्डीफोरमासमेत स्टोरोइड प्रयोग भएको पाइएको उहाँले बताउनुभयो ।
जथाभावी स्टोरोइडको प्रयोग गर्दा छाला पातलो हुने, अनावश्यक रौं आउने, छाला रगतको रेसाहरु देखिने, स्टोरोइड डिपेन्डेन्स( स्टोरोइड लगाउन्जेल निको हुने तर पछि फेरि समस्या बल्झिने) देखिएको पौडेलले बताउनुभयो ।
अनुहार गोरो बनाउन पनि फेयरनसे क्रिमहरु लगाउँदा अनुहारमा अनावश्यक रौं आउने, छाला पातलो हुने समस्या देखिने उहाँले बताउनुभयो ।
कापमा ,ढुँसी दादमा प्रयोग हुने औषधिमा कम्बिनेसन क्रिममा हुन्छन् । फंगस निर्मूल गर्दैन । राम्रो गर्यो सञ्चो भयो जस्तो लाग्छ तर फंगस निमूल भएको हुँदैन र छाला बिग्रन थाल्छ । यदि दाद अनुहारमा छ भने त्यही औषधिले अनुहारमा रौं, पातलो बनाउने, रातो हुने, अनावश्यक डण्डीफोर आउनेजस्ता समस्या देखिन्छन् । ढुँसी दादमा स्टोरोइड प्रयोग गर्न नहुने उहाँले बताउनुभयो ।
स्टेरोइडऔषधीको प्रयोग के मा गरिन्छ, अहिले प्रयोगको अवस्था कस्तो छ ? जस्ता विषयमा हामीले डा.विकास पौडेलसँग कुरा गरेका छौं ।
स्टेरोइड औषधी के हो ?
स्टेरोइइड नामको औषधि चिकित्सा विज्ञानको एकदमै महत्वपूर्ण आविष्कार हो । यो औषधि इन्जेक्सनको रुपमा प्रयोग हुन्छ । मुखबाट लिइने चक्कीको रुपमा हुन्छ । स्प्रे, क्रिम या जेलको रुपमा समेत प्रयोग हुन्छ । यसको असाध्य राम्रो कामहरु छ । यो धेरैे किसिमको बाथरोगमा प्रयोग हुन्छ । आफ्नै शरीरको प्रणालीहरुमा गडबडी हुँदा प्रयोग हुने औषधिमा यसको प्रयोग हुन्छ ।
छालाको रोगमा भनेको एलर्जी किसिमका एजर्लीहरु, एक्जिमाहरु, सोराइसिसहरुमा यसको प्रयोग हुन्छ।अन्य विभिन्न किसिमको रोगहरुमा प्रयोग हुने गरेक छ । तर यसको प्रयोग भन्दा पनि दुरुपयोगले गर्दा शरीरमा विभिन्न किसिमका समस्याहरु आइपरेको छ ।
यो सबैभन्दा बढी प्रयोग हुने भनेको छालाको एजर्लीका लागि हो । छालामा हुने विभिन्न किसिमका बाथजन्य रोगमा कपाल झर्दा प्रयोग हुन्छ । शीररमा कुनै एलर्जीले गर्दा , शरीरमा कुनै फोका आउँदा, विभिन्न किसिमका कत्लेरोगमा प्रयोग हुन्छ । तर दुरुपयोगले चाहिँ समस्या परिरहेको छ ।
नियम, कानुनलाई हेर्दा स्टेरोइइडजन्य औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना किन्न पाइँदैन । तर नेपालमो औषधि ऐनले पनि फार्मेसीबाट त्यत्तिकै दिन नमिल्नेमा राखेको छ । तर नेपालमा कानुन पालना भएको देखिँदैन । त्यसैले बिरामीहरुले अन्य औषधि जस्तै कडा–कडा स्टेरोइइडहरु पनि फार्मेसीबाट यत्तिकै किन्न पाइन्छ ।
अझ किराना पसल, फेन्सी पसल डिपार्टमेन्ट स्टोर, पसलमा पनि गोरोपनका लागि महिला, पुरुषहरुले यस्ता औषधि किनेको पाइन्छ ।
कस्ता छालाको बिरामीलाई प्रयोग गर्ने ?
स्टेरोइइड औषधि सबैभन्दा धेरै प्रयोग हुने भनेको एक्जिमाका लागि हो । यो भनेको एक किसिमको एलर्जी हो । एक्जिमा पनि धेरै किसिमका पाइन्छ । कुनै एलर्जिक हुन्छ, कुनै इरिटेड हुन्छ ।त्यसलाई कम गराउन दिइन्छ । कसैलाई चायाको एलर्जी हुन्छ । त्यसमा पनि दिइन्छ । लाकिन प्लानस भन्ने बिरामी छ, यसमा दिइन्छ । सोराइसिसमा दिइन्छ ।
छाला कहिले कहीँ कुनै कस्मेटिक लगाउँदा एजर्ली भयो भने दिइन्छ । फोको, फोका आउने रोगहरु , मुखमा आउने घाउ , ट्युमरहरुमा पनि दिइन्छ । अन्य घाउको लागि पनि दिइन्छ । पुरानो घाउमा धेरै कालो भयो भने दिन्इन्छ । यो लगाउने र सुईमार्फत दिइन्छ । पुरानो दादहरुमा दिइन्छ । यिनिहरुको व्यापक प्रयोग छ ।
दुरुपयोग परीक्षण गरेर दिने कि लक्षण ?
स्टेरोइइड औषधि विभिन्न कुन कति बलियो कति कडा छ त्यसको हिसाबमा छुट्याइन्छ । विभिन्न कडा र सामान्य पनि छ । व्यक्तिको कुन ठाउँमा लगाउने कुन उमेरको व्यक्तिलाई लगाउने कति भागमा लगाउने त्यसको हिसाबमा चिकित्सकले सिफारिस गर्छन् ।
जस्तो सानो उमेरको व्यक्ति छ भने, कोही व्यक्तिको धेरै भागमा लगाउनु पर्नेछ भने कडा औषधि दिन मिल्दैन । सोराइसिसको बिरामी छ भने त्यसलाई चाहिँ कडा खालको दिनुपर्ने हुन्छ ।
सोराइसिस भनेको कस्तो खालको रोग हो ?
एक किसिमको दीर्घरोग व्यक्तिको छाला एकदमै बाक्लो हुने, कत्ला, कत्ला निस्किने हुन्छ । शरीरका विभिन्न भागमा रातो डाम बस्ने हुन्छ । टाउको देखि खुट्टासम्म कुनै पनि ठाउँमा आउन सक्छ । यसले नङलाई पनि विगार्न सक्छ र हड्डीलाई पनि असर गर्न सक्छ ।
औषकि कुनै दिनको एक पटक, कुनै दुई पटक र कुनै दैनिक नभएर हप्तामा एक दिन लगाउने पनि हुन्छ । यसको अवस्था हेरेर हुन्छ ।
दुरुपयोगको अवस्था के छ ?
स्टेरोइइड औषधि सबैभन्दा यसको दुरुपयोग भएको भनेको जाँगमा आउने दादमा छ । ढुसी दादमा यो लगाउँदा केही चिलाएको कम हुन्छ । काम ग¥यो भनेर लगाउँदै जान्छ, तर भाइरस मर्दैन ।
त्यसपछि यसले गर्ने हानी देखिन थाल्छ। छाला पातलो हुन थाल्छ, च्यातिन थाल्छ । छालामा रगतका नसा देखिनसक्छन् । सामान्य औषधिले ठिक हुने रोग छ भने निको नै नहुने अवस्थामा पुग्नसक्छ ।
अनुहारमा दाद छ भने त्यो औषधि लगाउँदा अनुहारमा रौँ आउने, छाला पातलो हुने, घाउ आउने, अनुहारमा डण्डीफोरहरु आउने गर्नसक्छ । औषधि लगाउँदा ठिक भएको महसुस हुन्छ ।
भारतीय औषधि सजिलै पाउने अनुहारमा हामीले खासै प्रयोग गर्दैनौँ । यही रोगमा यही औषधि भन्ने हुँदैन । त्यही रोग निधारमा भयो भने जुन औषधि दिइन्छ । हातमा आयो भने फरक दिइन्छ । औषधि कहाँ प्रयोग गर्ने कुन प्रयोग गर्ने भन्ने कुरा
कस्तो समस्या देखियो कुनैपनि समस्या आयो भने आफैँ उपचार गर्नुहुँदैन । छाला सम्बन्धि, नङ, कपाल सम्बन्धि, यौनरोग सम्बन्धि कुनै समस्या आयो भने पहिलो छाला तथा यौनरोग विशेषज्ञकोमा जानुपर्यो ।
स्वास्थ्यकर्मी / चिकित्सककोमा गयो भने सही सल्लाह दिन सकिन्छ । समस्या छिटो निदान हुन्छ ।

हेल्थपाटी
तपाईँको अभिमत